शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सल्यानमा विषादी सेवनबाट एक जना बालकको मृत्यु

आइतबार, २४ वैशाख २०८०, १२ : ५८
आइतबार, २४ वैशाख २०८०

सल्यान । सल्यानमा एक जना बालकको विषादी सेवनबाट मृत्यु भएको छ । बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको विषादी सेवनबाट मृत्यु भएको हो । 

आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आएर विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।  

विषादी सेवनपछि बेहोस भएका पुनलाई सल्यानस्थित बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको थियो । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप