सल्यानमा विषादी सेवनबाट एक जना बालकको मृत्यु
आइतबार, २४ वैशाख २०८०, १२ : ५८
सल्यान । सल्यानमा एक जना बालकको विषादी सेवनबाट मृत्यु भएको छ । बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको विषादी सेवनबाट मृत्यु भएको हो ।
आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आएर विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।
विषादी सेवनपछि बेहोस भएका पुनलाई सल्यानस्थित बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको थियो । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण