सांसदलाई विद्युतीय हाजिरीको व्यवस्था गर्न सभामुखको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक बसेका बेला सांसदहरूलाई विद्युतीय हाजिरी गराउन निर्देशन दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि सांसदहरूको उपस्थिति बढाउन विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन दिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
बैठकमा ई–हाजिरी सुरु गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने बारेमा छलफल भएको थियो । सो अवसरमा सभामुख घिमिरे भने–‘संसद्मा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद् सचिवालयलाई ई–हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’
यस्तै सभामुख घिमिरेले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु गर्ने बताएका छन् । कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गर्ने र सरकार सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा उपस्थिति बढाउन कानुन मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
यस्तै सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति गठन प्रक्रिया तीन दिनभित्र टुङ्ग्याउने बताउँदै ती समितिका लागि दलहरूसँग सदस्यहरूको नाम समेत मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण