आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरू भाग्न थालेपछि ई–हाजिरीको व्यवस्थाबारे छलफल

आइतबार, २४ वैशाख २०८०, १३ : ४०
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएको भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठकमा इलेक्ट्रिक हाजिरीको व्यवस्थाका बारेमा बैठकमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले ई–हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको जानकारी दिएका हुन् । 

बैठकमा महिनाको एक पटक प्रधानमन्त्रीले संसद्मा जवाफ दिने बारेमा पनि छलफल भएको उनको भनाई छ । खतिवडाले भने, ‘सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो । सांसदहरू हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, यसलाई ई–हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ । बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ । संसद्लाई प्रभाकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले आएर सभामा जवाफ दिनुपर्ने कुरामा छलफल गरेका छौँ ।’

यता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पनि बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा बैठकमा छलफल भएको बताए । उनले भने, ‘दोस्रो अधिवेशनलाई कसरी व्यवस्थित गर्न सकिन्छ, पहिलो अधिवेशनबाट प्राप्त शिक्षालाई लिँदै अब यसलाई व्यवस्थित बनाएर अघि बढ्ने बारेमा छलफल भयो । अब हाम्रो कार्यक्रम के हुन्छन् भन्ने बारेमा छलफल भयो, अब सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भयो । प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने विषयवस्तु, हाम्रो हाजिरी अहिलेसम्म रजिस्ट्रारमा गरिरहेका थियौँ, अब ई हाजिरी लागू गरेर जानुपर्छ संसद्मा भन्ने विषय र समितिका कामहरू व्यवस्थित बनाउने, सदनलाई प्रभावकारी कसरी गर्ने भन्नेबारेमा सुझाव दिने काम भयो । सरकारको सिद्धान्त र प्राथमिकताका बारेमा टेबुल हुन्छ । अधिवेशन ४ बजे भएकाले दुवै ठाउँमा सरकारका सिद्धान्त र प्राथमिकता रहनेछन् ।’

आइतबार अपराह्न ४ बजेबाट सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप