बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सक्रिय सङ्क्रमितमध्ये एक जना भेन्टिलेटरमा

आइतबार, २४ वैशाख २०८०, १६ : ०१
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । देशभर थप ३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप १२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ । 

सक्रिय सङ्क्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा, आईसीयूमा  ८ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा महामारी सुरु भएयता १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप