डि गेयाको गल्तीमा वेस्ट हामसँग जिल्लियो युनाइटेड
काठमाडौं । हालसम्म २० पटक उपाधि जितिसकेको म्यानचेस्टर युनाइटेडले जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा भने अर्को खराब नतिजा ब्यहोरेको छ । आइतबार राति खेलिएको खेलमा वेस्ट हाम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १—० गोलले हरायो ।
वेस्ट हामको जितमा सइद बेनरहमा नायक बने भने युनाइटेडका गोलकिपर डेभिड डि गेया खलनायक । डि गेयाको गल्तीको फाइदा उठाउँदै बेनरहमाले खेल सुरु भएको २७औँ मिनेटमा गोल गर्दै घरेलु समर्थकलाई खुसी बनाए । हारका बाबजुद म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ ।
म्यानचेस्टर युनाइटेडले ३४ खेलबाट ६३ अङ्क बटुलेको छ । म्यानचेस्टर युनाइटेडले उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ । वेस्ट हाम ३५ खेलबाट ३७ अङ्क जोड्दै तालिकाको १५औँ स्थानमा आसीन छ ।
जारी सिजनको इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल उपाधि होडमा देखिएका छन् । म्यानचेस्टर सिटीले ३४ खेलबाट ८२ र आर्सनलले ३५ खेलबाट ८१ अङ्क जोडेका छन् ।
म्यानचेस्टर युनाइटेडले सन् २०१२÷१३ सिजनपछि प्रिमियर लिगको उपाधि चुम्न सकेको छैन । म्यानचेस्टर सिटी भने प्रिमियर लिगको साबिक विजेता क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण