सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

सोमबार, २५ वैशाख २०८०, १८ : ०८
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ ९डीएचसी–८–४०२० जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनःसोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । 

जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप