मधेस प्रदेशसभाको बैठक जेठ २ गते बस्ने, चारवटा विधेयक पेस गर्ने तयारी
जनकपुरधाम । मधेस प्रदेशसभा बैठक आगामी जेठ २ गते बस्ने भएको छ । बैठक जेठ २ गतेका लागि आह्वान गरिएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । मधेस प्रदेशमा पछिल्लो प्रदेशसभा बैठक फागुन ४ गते बसेको थियो । सचिव यादवकाअनुसार उक्त बैठकमा चारवटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो ।
त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए । त्यस्तै बैठकमा समसमायिक विषय पनि समावेश गरिने तयारी रहेको उनले बताए । त्यस्तै प्रदेशमा बजेट अधिवेशन पनि सुरु हुँदैछ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।
मधेसमा नयाँ सरकार गठन भएको चार महिना बित्न लागेको छ । सरकार गठन भएयता आठवटा बैठक बसिएको छ । आठवटा बैठकमा सरकारले शुभकामना अदानप्रदान, सभामुख, उपसभामुख चयन र खेलकुद विकाससम्बन्धी विधेयक मात्रै पेस भएका छन् । मधेसमा वैशाख १० गतेको उपनिर्वाचन र राष्ट्रपति निर्वाचनका कारण प्रदेशसभा बैठक बस्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण