आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दङ्ग हरिकृष्ण, तस्बिरहरू हेर्नुहोस्
कानुन दिवस

दङ्ग हरिकृष्ण, तस्बिरहरू हेर्नुहोस्

मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ ।  कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।  कायममुकायम प्रधानन्यायाधीश आयोजक रहेको समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सोमबार मात्र प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रशन्न मुद्रामा देखिएका थिए । संवैधानिक परिषद्को बैठकले कार्कीलाई सर्वसम्मतिबाट भावी  प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो ।  संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थामै रहेको भए पनि संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्मा रहने सदस्यहरूको सर्वसम्मतिबाट प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गरिएको थियो ।  परिषद्बाट प्रधानन्यायाधीश पदका लागि कार्कीको नाम सिफारिस भएको भए पनि संघीय संसद्मा रहने संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ । 

नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया