नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् सांसदहरु ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले नक्कली भुटानी शरणार्थी सम्बन्धी भ्रष्टाचार आफैँ बाहिर आउने बताएका छन् । मंगलवार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सांसद राणाले भ्रष्टाचार जस्तो अपराध कसैले लुकाएर नलुक्ने भन्दै आफैँ बाहिर आउने बताएका हुन् ।
उनले मुलुकमा भ्रष्टाचार हुँदै नहुनुपर्ने कुरा भएपनि अत्याधिक भ्रष्टाचार भइरहेको बताए । उनले मुलुकमा हरेक क्षेत्रमा भ्रष्टाचार देखिएकाले सहन साध्य नभएको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन पैसा ठग्ने काम बेइज्जती भएको बताए ।
त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारको सन्दर्भमा धुलो टकटक्याउन नपाउने बताए । उनले सरकारले भ्रष्टाचार विरुद्धका फाइल होइन फायर नै खोल्नुपर्ने बताए । उनले २००७ सालमा राणा शासनको अन्त्यपछिका भ्रष्टाचारका प्रत्येक फाइलहरु खोल्नुपर्ने बताए । उनले मुलुकलाई समृद्धि बनाउनको लागि सरकार भ्रष्टाचारका विषयमा निर्मम हुन जरुरी रहेको पनि बताए ।
त्यस्तै नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भुटानी शरणार्थी सम्बन्धी भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताए । उनले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताए । उनले भ्रष्टाचारमा संलग्न भएको जसो नाम आएको किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण