नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् सांसदहरु ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले नक्कली भुटानी शरणार्थी सम्बन्धी भ्रष्टाचार आफैँ बाहिर आउने बताएका छन् । मंगलवार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सांसद राणाले भ्रष्टाचार जस्तो अपराध कसैले लुकाएर नलुक्ने भन्दै आफैँ बाहिर आउने बताएका हुन् ।
उनले मुलुकमा भ्रष्टाचार हुँदै नहुनुपर्ने कुरा भएपनि अत्याधिक भ्रष्टाचार भइरहेको बताए । उनले मुलुकमा हरेक क्षेत्रमा भ्रष्टाचार देखिएकाले सहन साध्य नभएको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन पैसा ठग्ने काम बेइज्जती भएको बताए ।
त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारको सन्दर्भमा धुलो टकटक्याउन नपाउने बताए । उनले सरकारले भ्रष्टाचार विरुद्धका फाइल होइन फायर नै खोल्नुपर्ने बताए । उनले २००७ सालमा राणा शासनको अन्त्यपछिका भ्रष्टाचारका प्रत्येक फाइलहरु खोल्नुपर्ने बताए । उनले मुलुकलाई समृद्धि बनाउनको लागि सरकार भ्रष्टाचारका विषयमा निर्मम हुन जरुरी रहेको पनि बताए ।
त्यस्तै नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भुटानी शरणार्थी सम्बन्धी भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताए । उनले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताए । उनले भ्रष्टाचारमा संलग्न भएको जसो नाम आएको किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई मन्दीबाट बचाउनुपर्छ : पुटिन
-
बिपी राजमार्गमा राति यातायात सञ्चालन रोक
-
टि ट्वान्टी आई सिरिज : नेपालले गुमायो चार विकेट
-
१० बजे १० समाचार : कात्तिकमा उपनिर्वाचनको प्रस्ताव, रास्वपामा मुकुल नै महामन्त्री !
-
मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
-
जन्मदिनमा गायिका एलिना चौहान : बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म