गृह सचिवमा दिनेश भट्टराई, विनोद सिंह प्रधानमन्त्री कार्यालयमा सरुवा
बुधबार, २७ वैशाख २०८०, १४ : १५
काठमाडौं । सरकारले गृह सचिवमा दिनेश भट्टराईलाई जिम्मेवारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका भट्टराईलाई गृहमा सरुवा गरेको हो ।
हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । निवर्तमान गृहसचिव टेक नारायण पाण्डेलाई यसअघि सरकारले उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको थियो ।
पाण्डेको उपराष्ट्रपति कार्यालयमा सरुवा भएपछि सिंहलाई गृहमा पठाईएको थियो । पाण्डे अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि प्रहरी हिरासतमा छन् । सिंहले गृहमा करिब सात महिना काम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण