बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रामायणमा बनेको पहिलो हिन्दी फिल्म जसमा रामले निभाए सीताको भूमिका, रोचक छन् किस्सा

बुधबार, २७ वैशाख २०८०, १४ : ०५
बुधबार, २७ वैशाख २०८०

प्रभासको फिल्म आदिपुरुषको ट्रेलर पछिल्लो समय ट्रेन्ड भइरहेको छ । सोसल मिडियामा यसको स्टारकास्ट, दृश्य, कलाकारको अभिनय इत्यादिबारे कुराकानी भइरहेको छ । रामायणमा हुन त धेरै फिल्म र टिभी शो बनेका छन् तर तपाईंलाई त्यो रामायणबारे थाहा छ, जसमा पर्दामा पहिलो पटक राम–सीताको गाथा देखाइएको थियो ? यो कुन फिल्म थियो, कहिले सार्वजनिक भयो र यसका मुख्य कलाकार को थिए भन्नेबारे जानकारी लिऔँ ।

स्क्रिनमा पहिलो पटक कहिले देखियो रामायण ?

सन् १९१७ मा पहिलो पटक सिल्भर स्क्रिनमा रामायण हेर्न पाइएको थियो । यो साइलेन्ट (मूक) फिल्म थियो जसलाई हिन्दी सिनेमाका ‘जनक’ भनिने दादा साहेब फाल्केले लेखेका थिए र निर्देशन गरेका थिए । यो फिल्म वाल्मीकिको रामायणमा आधारित थियो । मुख्य भूमिकामा अन्ना सालुन्के र गणपत जी शिन्देले काम गरेका थिए । सबैभन्दा रोचक कुरा त के हो भने अन्ना सालुन्केले रामको मात्र नभई सीताको भूमिका पनि निर्वाह गरेका थिए । अन्ना ती कलाकार थिए जसले भारतीय सिनेमामा पहिलो पटक दोहोरो भूमिका निभाएका थिए । फिल्ममा गणपत शिन्दे हनुमान बनेका थिए ।

फिल्ममा राम १४ वर्षका लागि वनवास जानु परेको, सीताको हरण भएको, सीतालाई छुटाउन राम लङ्का पुगेको, रावणको वध गरेको र सीतालाई अयोध्या फिर्ता ल्याएको इत्यादि देखाइएको थियो ।

lanka dahan1कस्तो थियो दर्शकको प्रतिक्रिया ?

उक्त फिल्मको नाम ‘लङ्का दहन’ थियो । यसलाई धेरैले रुचाएका थिए । त्यो समयमा रामायण स्क्रिनमा हेर्न पाउनु निकै नयाँ कुरा थियो । फिल्म मुम्बईमा देखाउँदा मानिसहरू स्क्रिनमा भगवान् रामलाई देखाउँदा आफ्नो जुत्ता फुकाल्थे । लङ्का दहनमा प्रयोग गरिएको स्पेसल इफेक्ट र ट्रिक फोटोग्राफी मानिसलाई रोचक लाग्यो । जनतालाई फिल्म असाध्यै मनपर्यो ।

फिल्म इतिहासकार अमृत गंगारका अनुसार हलको टिकट काउन्टरबाट सिक्कालाई ब्यागमा जम्मा गरेर निर्माताको कार्यालयसम्म बयलगाढामार्फत् पुर्‍याइन्थ्यो । मुम्बईको म्याजेस्टिक सिनेमा बाहिर मानिसको लामो लाइन लाग्ने गर्दथ्यो । जहाँ मानिस फिल्मको टिकटका लागि झगडा गर्दथे किनभने फिल्म धेरैजसो हाउस फुल हुन्थ्यो । रिपोर्टका अनुसार यो फिल्म मुम्बईको एक थिएटरमा २३ हप्तासम्म चलेको थियो ।

को थिए अन्ना सालुन्के ?

अन्ना भारतीय सिनेमाका बहुप्रतिभाशाली कलाकारमध्ये एक थिए । उनी अभिनेता हुनुका साथै सिनेमेटोग्राफर पनि थिए । भारतीय सिनेमाको सुरुवाती वर्षमा उनी एक्लो व्यक्ति थिए जसले पुरुषका साथै महिलाको भूमिका पनि निर्वाह गर्दथे । उनी यस्तो अभिनेता हुन् जसले पहिलो पटक पर्दामा नायिकाको भूमिका निभाए । सन् १९१३ मा रिलिज भएको फिल्म राजा हरिशचन्द्रमा अन्नाले रानी तारामतीको भूमिका निभाएर मानिसलाई प्रभावित पारेका थिए । फिल्म लङ्का दहनमा उनले राम र सीता दुवैको भूमिका निकै सुन्दर तरिकाले निभाएका थिए ।

lanka dahan2कसरी पाए फिल्ममा काम ?

अभिनेता बन्नुअघि उनी मुम्बईको रेस्टुरेन्टमा कुक र वेटरको काम गर्दथे । यो रेस्टुरेन्टमा दादा साहेब फाल्के गइरहेका हुन्थे । उनी आफ्नो फिल्मका लागि नायिकाको खोजीमा थिए । यौनकर्मी र नृत्य गरेर गुजारा गर्ने महिलाले पनि उक्त भूमिका अस्वीकार गरेका थिए । तर फाल्केको नजर अन्नामाथि पर्‍यो । उनले अन्नालाई महिलाको भूमिका निर्वाह गर्न राजी बनाए । १८ वर्षको करियरमा अभिनेताले थुप्रै फिल्ममा काम गरे । तीमध्ये उनले पाँच फिल्ममा महिलाको भूमिका निभाए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप