शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

द नेशनल बैंकिङ्ग डिस्कोर्श प्रधानमन्त्रीद्वारा उद्घाटन हुँदै

बुधबार, २७ वैशाख २०८०, २१ : ५७
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’  हुने भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले  उद्घाटन गर्नेछन् । 

नबिल बैङ्कद्वारा प्रायोजित यो कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौँस्थित सोल्टी होटलमा हुने भएको हो । 

के हो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रम ? 

‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिति र चुनौती, रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अह्म वित्तीय साक्षरताको अपरिहार्यता र स्थिति लगायतका विषयवस्तुमा मूलभूत छलफल हुनेछ ।  

यस्तै आजको बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिति, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको बढोत्तरी निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाब, वित्तीय साक्षरताका विषयहरू, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको, स्थिति र चुनौती लगायतका विषयहरुमा हुने बृहत् परिसंवादले हालको अभूतपूर्व समस्याका चुनौतीहरू समाधान, तर्क र तथ्य सहितका जवाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ । 

कार्यक्रममा आजको बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, दिगो बैंकिङ्ग, सटिक विश्लेषण र व्याख्या सहित रेमिट्यान्स, वित्तीय साक्षरता लगायत विभिन्न विषयमाथिको गहन विमर्श हुने बताइएको । सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भाेग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ ।

विश्व कोभिड महामारीबाट तङ्ग्रिँदै गर्दा सुरु भएको रुस युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मूल्य वृद्धिलाई निम्त्याएको छ । फलस्वरूप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित छ । यसै परिपेक्षलाई ध्यान केन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्व सन्ध्यामा बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना गर्न लागिएको हो । कार्यक्रमा प्रधानमन्त्री, गर्भनर, अर्थमन्त्री, अर्थविद्ध लगायत अन्य बिशिष्ट व्यक्तीहरुको उपस्थित हुने बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप