बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाको बलिउडमाथि निशाना : भनिन्, हामी सधैँ पातलो हुनुपर्छ, लुगाको साइज अरुले बताउँछन्’

बिहीबार, २८ वैशाख २०८०, १५ : २०
बिहीबार, २८ वैशाख २०८०

प्रियंका चोपडाले मिस वर्ल्ड २००० को उपाधि जितेपछि स्पाई थ्रिलर द हिरो ः लभ स्टोरी अफ ए स्पाईबाट बलिउडमा आफ्नो करियरको थालनी गरिन् । यद्यपि, सफलतासम्म पुग्नका लागि उनको यात्रा निकै मुस्किल रहेको उनी बताउँछिन् । हालै, नायिकाले एक टिभीको विज्ञापनले उनलाई आफ्नो छाला सुन्दर छैन भन्ने कुराको महसुस गराएको बताइन् । फिल्मी उद्योगमा आएपछि उनलाई जति पातलो भयो, त्यति नै सुन्दर देखिने भन्ने कुरा सुनाइएको पनि उनले बताइन् ।

नायिकाका अनुसार यी सौन्दर्यका यी झुटा मापदण्डका कारण उनी आफैँले पनि यस्ता विज्ञापनमा काम गरिन् । यद्यपि, अब प्रियंकालाई सौन्दर्यका यी झुटो मापदण्डबारे खुलेर कुराकानी हुनुपर्छ भन्ने लाग्छ ।

तपाईं पातलो होस् भन्ने आशा गरिन्छ, तपाईंको पेल्भिक बोन देखिनुपर्छ

प्रियंकाले पोडकास्ट कल हर ड्याडीसँगको कुराकानीको क्रममा फिल्म र फेसन उद्योगमा मानिसका लागि सबै कुरा साधारण हुने गरेको बताइन् । उनले भनिन्, ‘उनीहरुले मानिसलाई छालाको रङ र आकारमा परिवर्तन गर्न भन्छन् । ’

उनी थप्छिन्, ‘पहिलो पटक २० वर्ष अघि इन्डस्ट्रीमा आउँदा मबाट सधैँ पातलो हुने अपेक्षा गरियो । तपाईं कसरी त्यहाँसम्म आइपुग्नुभयो भनेर कसैलाई केही फरक पर्दैन ।’

उद्योगमाथि कटाक्ष गर्दै प्रियंकाले भनिन्, ‘तपाईं सधैँ परफेक्ट देखिनुपर्छ, नभए तपाईं सुन्दर होइन । फेसन र फिल्म इन्डस्ट्रीसँग सम्बन्धित मानिसले तपाईंको तौल कति सही हुन्छ भनेर बताउँछन् । तपाईंका लागि कस्तो खालको ड्रेस साइज ठिक हुन्छ, उनीहरुले बताइदिन्छन् । यो सबै कुरा अहिले पनि भइरहेको छ तर ढोका पछाडि ।’

priyanka chopraम सानी हुँदा मेरो छाला सुन्दर छ भन्ने लाग्दैनथ्यो

प्रियंकाले थपिन्, ‘यो एउटा यस्तो देश हो जहाँ गोरो छालालाई नै सुन्दर मानिन्छ । त्यसैले पनि म सुन्दर छैन भन्ने लाग्यो किनभने मेरो छाला कालो थियो । म स्कुलमा हुँदा मेरो अनुहारमा दाग थिए । म टमबोयजस्तो थिएँ । मेरा खुट्टा भिन्न देखिन्थे, मलाई त्यसले समस्या हुन्थ्यो । मेरो कपाल कर्ली थिए । आफूलाई देखेर मलाई कहिल्यै आत्मविश्वास जाग्दैनथ्यो ।’

priyanka chopra1मेरो मनमा सानो उमेरदेखि नै यी सबै कुरा बसेको थियो

प्रियंकाले बाल्यकालमा आफ्ना यी कमीमा कहिल्यै ध्यान दिइनन् । उनका अनुसार उनी सधैँ मस्ती र दोस्तीमा व्यस्त रहिन् । तर बलिउड उद्योगमा आबद्ध भएपछि भने गोरो छाला भनेको सुन्दरताको पर्याय हो भन्ने कुराको उनलाई महसुस गराइएको बताइन् ।

प्रियंकाले त्यति बेलाको समय याद गर्दै भनिन्, ‘सानो उमेरमा नै मेरो मनमा यी सबै कुराले जरा गाड्यो किनभने टिभीको विज्ञापनमा यी सबै कुरा देखाइन्थ्यो । त्यसैले पछि गएर म पनि यस्ता विज्ञापनको हिस्सा बनेँ । यो साँच्चै नै मेरा लागि साधारण कुरा थियो किनभने मलाई सधैँ के भनिएको थियो भने म जति हल्का थिएँ, त्यति नै सुन्दर पनि ।’

priyanka chopra2सुन्दरताको झुटो मापदण्डबारे कुरा गर्नुपर्छ

प्रियंकाले थपिन्, ‘आफ्नो जीवनको यो चरणमा म यो सोच्न पनि सक्दिनँ कि बालबालिकाको मनमा यस्तो कुराको के असर होला ? त्यसैले मलाई यी सौन्दर्य मापदण्ड कति खतरनाक छन् भनेर कुराकानी हुनु पर्छ जस्तो लाग्छ । हामीले यस्ता खालका धारणा तोड्न सक्नुपर्छ जसलाई हामीले वर्षौँदेखि बाँधेर राखेका छौँ । हामीले महिला र पुरुषको शरीर, बढ्दो उमेर र हरेक वास्तविक चिजबारे खुलेर कुराकानी गर्नुपर्छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप