अन्तर्वार्ता लिइरहेको मेनपावर कम्पनीमा विभागको छापा
काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो ।
अनुमति नै नलिई साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाको आभारको विभागको टोलीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा अगावै अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ ।
विभागका शाखा अधिकृत धर्मराज लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक कागजात हेरेको थियो । त्यहिक्रममा वैशाख १५ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो । तर, कम्पनीले आजै अन्तर्वार्ता लिएको पाइएको लम्सालले बताए ।
त्यसरी तोकिएको मितिभन्दा बाहिर गएर अन्तर्वार्ता लिन पाइँदैन । उक्त कम्पनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।
मेनपावर कम्पनीले एउटा कम्पनीको विज्ञापन देखाएर अर्को कम्पनीको लागि अन्तर्वार्ता लिएको देखिन्छ । अन्तर्वार्ताका लागि आएकाहरूले हादी हमाद कम्पनीको अन्तर्वार्ता लिएको थियो । तर, विभागको टोलीलाई AL-TAWI FOR BULDING AND CONSTRUCTION CO.LTD को लागि भन्दै विज्ञापन देखाएको थियो ।
विभागको टोली मेन पावरको अफिसमा जाँदा अन्तर्वार्ताका लागि आएका कम्पनीका प्रतिनिधिलाई भगाएको पाइएको छ । स्रोतका अनुसार विभागका कर्मचारी जाँदा मेन पावर कम्पनीले साउदीबाट आएका प्रतिनिधिलाई भगाएर अर्को ठाउँमा लगेर राखेका हुन् । तर, विभागका प्रतिनिधिले भने उक्त कुराको चाल पाएनन् ।
विभागले यो विषयमा थप अनुसन्धान गरेर कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ । त्यसका लागि मेनपावर कम्पनीलाई थप कागजात पेश गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण