आलिशानमा गुन्जिए यश कुमार
काठमाडौँ । गायक तथा अभिनेता यश कुमार बुधबार राति कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिए । लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी आफ्ना नयाँ–पुराना गीत गाएर दर्शक झुमाए ।
साँझ ८ बजे आलिशान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजेमात्रै यश स्टेजमा उत्रिएका थिए । ‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना हिट सेन्टिमेन्टल गीतहरु हिजो अर्कैसँग देखेँ..., म आफ्नै इनार बनाउँछु..., बिरानो यो मन्दिरमा..., तिम्रो मन बदलिएछ...गाए । त्यसपछि डान्सिङ नम्बरमा प्रवेश गर्दै दर्शक नचाए । उनले ‘तुल्सी आँगनमा रोपौला... र तिमीलाई कुनै पल...गीत गाउँदा दर्शकले ‘वान्स मोर’को हुटिङ लगाए । ‘आलिशानमा यो मेरो पहिलो प्रस्तुति थियो, दर्शकहरुको अप्रत्याशित प्रेम पाएँ,’ यश खुसी सुनिएँ ।
आलिशानले अब हरेक महिना यसैगरी सेलिब्रेटी साँझ गर्ने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले बताए । ‘कोभिडपछि हाम्रो सेलिब्रेटी साँझ कार्यक्रम रोकिएको थियो । अब आलिशानमा हामी हरेक महिना प्रिय कलाकारहरुसँगै झुम्नेछौं,’ थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण