शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : मन्त्रीको नाम टुङ्ग्याउन माओवादी संसदीय दलको बैठक बस्दै

शुक्रबार, २९ वैशाख २०८०, ०९ : २१
शुक्रबार, २९ वैशाख २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन माओवादीले संसदीय दलको बैठक बोलाएको छ । सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन नसकेको माओवादीले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो ।

संसदीय दलका नेता खगराज भट्टले सरकारका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बोलाएको बताए । यहाँ माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एउटा पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर पहिलै कांग्रेस र समाजवादीले लिइसकेकोले अब माओवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालयमा आफ्नो अडान कायमै राख्दा मन्त्रालयगत भागबन्डामा ढिलाइ हुँदै गएको छ । भने सत्तारुढ दलभित्र भागबन्डामा सकस हुँदा आपसमा आरोप प्रत्यारोप समेत हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप