सुदूरपश्चिम प्रदेश : मन्त्रीको नाम टुङ्ग्याउन माओवादी संसदीय दलको बैठक बस्दै
शुक्रबार, २९ वैशाख २०८०, ०९ : २१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन माओवादीले संसदीय दलको बैठक बोलाएको छ । सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन नसकेको माओवादीले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलका नेता खगराज भट्टले सरकारका सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बोलाएको बताए । यहाँ माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एउटा पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर पहिलै कांग्रेस र समाजवादीले लिइसकेकोले अब माओवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडानमा छ ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालयमा आफ्नो अडान कायमै राख्दा मन्त्रालयगत भागबन्डामा ढिलाइ हुँदै गएको छ । भने सत्तारुढ दलभित्र भागबन्डामा सकस हुँदा आपसमा आरोप प्रत्यारोप समेत हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण