साताको सेयर बजार : ३१ अंकले नेप्से घट्दा ३ अर्ब २३ करोडको कारोबार
काठमाडौँ । यो साता पनि सेयर बजार उत्साहजनक रहेन । वैशाख २४ गते (आइतबार) १८ सय ६९.७३ अंकको बिन्दुबाट शुरु भएको नेप्से परिसूचक वैशाख २८ गते (बिहीबार) सम्ममा ३१.१४ अंकले घट्दै १८ सय ३८.५९ अंकको बिन्दुमा झर्न पुगेको छ । साताको एक कारोबार दिन (मंगलबार) बाहेक अन्य चार दिन नेप्से सूचक ऋणात्मक हुन पुग्यो । आइतबार १९.१२ अंकले नेप्से घट्दा सोमबार पुनः १६.९२ अंकले सूचक घटेको थियो ।
मंगलबार भने १०.७७ अंकले नेप्से बढेको थियो । बाँकी दुई कारोबार दिन बुधबार र बिहीबार क्रमशः २.४३ अंक र ३.३३ अंकले सूचक घट्दै १८ सय ३८.५९ अंकको बिन्दुमा नेप्से ओर्लिएको हो । उसो त ३१ अंकमाथिले नेप्से सूचक घट्दै गर्दा यता कारोबार समेत सन्तोषजनक बन्न सकेन । साताको पाँचै दिन खुलेको बजारमा जम्मा ३ अर्ब २३ करोड ९३ लाख २१ हजार ४६६ रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
अघिल्लो साता २० अंकले नेप्से घट्दै गर्दा २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मार्केट क्यापिटलाइजेशन थप ४२ अर्बले घट्यो
घट्दो सेयर बजारसँगै यो साता पुँजी बजारीकरण (मार्केट क्यापिटलाइजेशन) समेत घट्न ४२ अर्ब रुपैयाँ माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता कुल ४२ अर्ब १७ करोड ३० लाख रुपैयाँले घट्न पुगेको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन २७ खर्ब २४ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबर रहेको मार्केट क्यापिटलाइजेशन यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा घटेर २६ खर्ब ८२ अर्ब ४९ करोड ९० लाख रुपैयाँमा झरेको छ । अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन २८ अर्ब ७८ करोड ३० लाख रुपैयाँले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण