बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

न्याम्समा पदाधिकारी नियुक्ति गर्न वीर अस्पताल कर्मचारी युनियनको माग

शुक्रबार, २९ वैशाख २०८०, १६ : ३७
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । वीर अस्पताल कर्मचारी युनियनले न्याम्स पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालका कर्मचारीले गत फागुन ३० गतेदेखि रिक्त न्याम्स पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् ।

प्रधानमन्त्री, प्रतिष्ठानका कुलपति, सहकुलपति र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष न्याम्स पदाधिकारी नियुक्तिको माग सचिव दीपक मुडभरीद्धारा जारी गरिएको माग पत्रमा उल्लेख गरिएको छ । युनियनले पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानमा शैक्षिक, आर्थिक र प्रशासनिक काम ठप्प भएकाले छिटो नियुक्ति गर्न माग गरेको हो ।

‘पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान÷वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने, पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवातर्फबाट कम्तीमा ५०% पदाधिकारी नियुक्ति गर्नुपर्ने,’ पत्रमा उल्लेख छ ।

युनियनका सचिव मुडभरिले पदाधिकारी नियुक्ति गर्दा वीर अस्पतालभित्रबाट गर्नुपर्ने माग गरेका छन् ।  

1212

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप