न्याम्समा पदाधिकारी नियुक्ति गर्न वीर अस्पताल कर्मचारी युनियनको माग
काठमाडौँ । वीर अस्पताल कर्मचारी युनियनले न्याम्स पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालका कर्मचारीले गत फागुन ३० गतेदेखि रिक्त न्याम्स पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् ।
प्रधानमन्त्री, प्रतिष्ठानका कुलपति, सहकुलपति र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष न्याम्स पदाधिकारी नियुक्तिको माग सचिव दीपक मुडभरीद्धारा जारी गरिएको माग पत्रमा उल्लेख गरिएको छ । युनियनले पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानमा शैक्षिक, आर्थिक र प्रशासनिक काम ठप्प भएकाले छिटो नियुक्ति गर्न माग गरेको हो ।
‘पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान÷वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने, पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवातर्फबाट कम्तीमा ५०% पदाधिकारी नियुक्ति गर्नुपर्ने,’ पत्रमा उल्लेख छ ।
युनियनका सचिव मुडभरिले पदाधिकारी नियुक्ति गर्दा वीर अस्पतालभित्रबाट गर्नुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण