तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन् महिला
काठमाडौँ । ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो । उनी फागुनमा ओमान पुगेकी थिइन् । ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउटा कोठामा बन्द गरिदिएको उनले बताइन् । त्यस बन्द कोठामा पन्जाबीसहित भारतीय ११ जना, नेपाली ५ र श्रीलंकन १ जना रहेको ती महिलाले जानकारी दिइन् । उनी करिब दुई महिनासम्म परिवारसँग सम्पर्कविहीन थिइन् ।
बन्धक कोठाबाट सबैजना भाग्ने योजना थियो । तर त्यो असम्भव भयो । भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै भाग्न सफल भएका थिए । भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको
कथन छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण