लघुकथा : कटक्क मन
“साहिँला आज कसको मेलामा गयौ ?” मैले सोधेँ ।
“आज उदयनन्द बा को रोपाइँ थियो । साँझ परिसक्दा दुइटा गरा बाँकी थियो । हल के फुकाउनु । भ्याउँछु भन्दा रातै पर्यो । धान रोप्न त भ्याएनन्, एउटा गरो बासी छोडे । भोलि जालान् बाँकी मेलो सक्न ।” साहिँलाले भन्यो ।
ऊ कोठामा जाने बेलामा भित्री चोकमा रहेको मेरो पसलमा आउँछ । उसले सधैँ जसो किराना सामान लैजाने मेरै पसलबाट हो । एक पकेट चुरोट, एउटा बटारे, दुई केजी चामल, एक पाउ चिनी, कहिलेकाहीँ नुनको पकेट, रातो दाल यस्तै यस्तै सामान उसले लैजान्छ ।
“आज पनि लैजाने होला नि सामान ?” मैले सोधे ।
उसले आज चामल, रातो दाल र नुन मात्र लियो ।
“यो चाहिँदैन ?” मैले बटारे र चुरोटको प्याकेट देखाउँदै सोधेँ ।
“भयो अब बरु चकलेट दिनु न ।” उसले भन्यो ।
मैले एउटा ललिपप दिएँ ।
उसले भन्यो “यो त खाएकी छ छोरीले । अर्को राम्रो गतिलै चकलेट लैजानु प¥यो दिनु न । छोरीले बा मलाई पनि प्याट्ट भाँचेर खाने मिठाइ ल्याई देऊ न भनेर कटक्क मन कटाउँछे ।”
उसको इसारा क्याटवरी, नेस्ट्ले अथवा यस्तै चकलेटतर्फ थियो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण