भ्रष्टाचार छानबिनमा सरकारलाई समर्थनसँगै खबरदारी पनि गर्न प्रवास समन्वयन समितिको परिपत्र
शनिबार, ३० वैशाख २०८०, ०९ : ५०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रवास समन्वयन समितिले पार्टी नेतृत्वमा रहेको सरकारका काम कारबाहीको समर्थन सँगै खबरदारी पनि गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ ।
शुक्रबार प्रवास समन्वयन समितिले जारी गरेको परिपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको प्रशंसा गर्दै यसको उचित प्रचार गर्न र यो कार्यप्रति प्रतिबद्धता जनाउन मातहतका निकायलाई निर्देशन दिइएको हो ।
भ्रष्टाचार विरोधी अभियानलाई आन्दोलनकै रूपमा अघि बढाउनुपर्ने र यसमा सरकारलाई खबरदारी गर्नुपर्नेमा पनि समितिले जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण