माइतीघरमा प्रदर्शन : भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग
काठमाडौँ । नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौँको माइतीघर मण्डलामा भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका थिए ।
विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसद्मा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रूपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।
विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए । उनले देश अप्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताए । उनले अहिलेको नेताहरू भगौडे रहेको र सबै उद्योग धन्दाहरू बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताए ।
त्यस्तै प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताए । उनले जनतालाई आँखामा छारो हालिरहेको बताए । त्यस्तै प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरू भ्रष्टाचारी बनिरहेकाले सबै नागरिकले आवाज उठाउनुपर्ने बताए । प्रदर्शनकारीहरूले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरूले ठगिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण