मन्त्री रिजालद्वारा उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन
उदयपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री रिजालले उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले मन्त्री रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराएका थिए अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूसँग भेट गर्नु भयो । कर्मचारीहरूले मन्त्री रिजाल समक्ष आ-आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए । अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीहरूको भावना बुझ्ने रहेको बताउँदै मन्त्री रिजालले यथाशीघ्र सबै समस्याको समाधान गर्ने तर्फ आफू अग्रसर रहने बताउनु भयो ।
मन्त्री रिजालले उद्योग परिसरमा समेत उद्योगमा कार्यरत कर्मचारीसँग भेट गरेका थिए । भेटका क्रममा उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन) ले साझा धारणा सहित मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाएका थिए । बेला बेलामा उद्योग बन्द हुने गरेको लगायतका समस्याहरू सम्बोधन गरिदिन आग्रह गर्दै चार युनियनले निरन्तर उद्योग चल्ने वातावरणको सृजना गरिदिन मन्त्री रिजाललाई आग्रह गरे ।
मन्त्री रिजालले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण