आर्मीसँग चर्च ब्वाइज स्तब्ध, थ्री स्टारविरुद्ध मच्छिन्द्रको सङ्घर्षपूर्ण जित
काठमाडौँ । जिलेस्पीजंग कार्कीको निर्णायक गोलको सहयोगमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी क्लबले उपाधि दाबेदार चर्च ब्वाइज युनाईटेडलाई स्तब्ध बनाउँदा अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ४३औँ मिनेटमा जिलेस्पीले जितेन्द्र कार्कीको क्रसलाई पेनाल्टी बक्सभित्र रहेका जिलेस्पीले हेडमार्फत जाली चुमाउँदा आर्मीले बलियो प्रतिद्वन्द्वी चर्च ब्वाइजसँग स्पष्ट तीन अङ्क खोस्न सफल भएको हो । यस अघि दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए । १९ औँ मिनेटमा आर्मी नवयुग श्रेष्ठको फितलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा त्यसको केही सेकेन्डमै दिनेश हेन्जनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गदै आर्मीको काउन्टरलाई विफल बनाएका थिए । २४औँ मिनेटमा जगजित श्रेष्ठको कर्नरमा नवयुगको हेडर प्रिसोले बचाए । २८ औँ मिनेटमा चर्च ब्वाइजका मौसम सुब्बाले गोलको सुनौलो अवसर गुमाए । पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका मौसमको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल पारे । इन्जुरी समयमा मिलन राईको फ्रिकिकमा जोसेफ बेम्पाको गोलकिपर विकेसले बचाउँदा चर्च ब्वाइजले बराबरी गर्ने अवसर गुमायो ।
यससँगै चर्च ब्वाइजविरुद्ध आर्मीले लिगका दुवै खेलमा सुखद् नजिता निकाल्न सफल भएको छ । पहिलो लेगमा पनि आर्मी १–० ले विजयी भएको थियो । जितसँगै १७ खेलमा २४ अङ्क जोडेको आर्मी पाँचौं स्थानमा उक्लिएको छ । पराजयसँगै चर्च ब्वाइजले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । चर्च ब्वाइज समान खेलबाट ३० अंकका साथ दोस्रो स्थानमा कायम छ ।
लिग अन्तर्गत च्यासल मैदानमा सम्पन्न खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लवलाई स्तब्ध बनायो । खेलको १०औँ मिनेटमा युटा सुजुकीले मछिन्द्रलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्र भित्र अफिजको कडा प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए पनि रिबाउन्ड बललाई युटाले पोस्टको दिशा दिएका थिए । बाँकी समयमा थ्री स्टारले खेलमा फर्किने केही अवसर बनाए पनि सफल हुन सकेन र मच्छिन्द्रलाई अङ्क सुम्पिन बाध्य भएको हो । यससँगै थ्री स्टारले लगातार छैठौं खेलमा पनि जित विहीन बनेको छ ।
शनिवारको जितसँगै मच्छिन्द्र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट ३० अङ्क जोडेर मच्छिन्द्र तेस्रो स्थानमा अटाउँदा समान खेलबाट २५ अङ्क बनाएको थ्री स्टार चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण