दुई दशकपछि बङ्गलादेशमा शक्तिशाली आँधी आउँदै, 'मोखा'बाट बचाउन ५ लाखलाई सुरक्षित स्थानमा सारियो
ढाका । अकल्पनीय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बङ्गलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले विध्वंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वसबाट बचाउनका लागि बङ्गलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ ।
प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोखा’ नामको आँधीले बङ्गलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आकलन गरी सो शिविरहरू निर्माण गरिएको हो । सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहसनहस गरेर अघि बढ्ने मौसमविद्हरूले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन् ।
हाल बङ्गलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बङ्गलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरूमा निरन्तर साइरनसहित रातो झन्डा फहराएर चेतावनी दिइएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोका आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित हुन अपिल गरिएको छ ।
बङ्गलादेशले दुई दशकपछि आइरहेको सबै भन्दा शक्तिशाली आँधीको रूपमा मोखालाई लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण