शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दुई दशकपछि बङ्गलादेशमा शक्तिशाली आँधी आउँदै, 'मोखा'बाट बचाउन ५ लाखलाई सुरक्षित स्थानमा सारियो

आइतबार, ३१ वैशाख २०८०, १० : ०१
आइतबार, ३१ वैशाख २०८०

ढाका । अकल्पनीय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बङ्गलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बङ्गालको खाडीमा विकसित भइरहेको  ‘मोखा’ नामक चक्रवातले विध्वंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वस‌बाट बचाउनका लागि बङ्गलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ । 

प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने  ‘मोखा’ नामको आँधीले बङ्गलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आकलन गरी सो शिविरहरू निर्माण गरिएको हो । सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहसनहस गरेर अघि बढ्ने मौसमविद्हरूले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन् । 

हाल बङ्गलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ  । यसैगरी, कक्सलगायतका बङ्गलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरूमा निरन्तर साइरनसहित रातो झन्डा फहराएर चेतावनी दिइएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोका आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित हुन अपिल गरिएको छ ।

बङ्गलादेशले दुई दशकपछि आइरहेको सबै भन्दा शक्तिशाली आँधीको रूपमा मोखालाई लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप