शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘मोखा’ शक्तिशाली चक्रवातमा परिणत, नेपालमा कस्तो प्रभाव पर्ला

आइतबार, ३१ वैशाख २०८०, ०९ : ३६
आइतबार, ३१ वैशाख २०८०

चक्रवाती आँधी ‘मोखा’ तीव्र गतिमा शक्तिशाली हुँदै गएको छ । यसका लागि भारतको मौसम विज्ञान विभागले लगातार चेतावनी दिइरहेको छ । 

भारतीय मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो बङ्गलादेशको कक्स बजार र म्यानमारको सिटवे बीचको तटीय क्षेत्रमा ठोक्किने सम्भावना छ । 

आइतबार बिहान २ः३० बजे उक्त आँधीको केन्द्रबिन्दु १८ दशमलव ३ डिग्री उत्तर अक्षांश र ९१ दशमलव ३ देशान्तरमा बङ्गालको खाडीमा रहेको महाशाखाले जनाएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार बङ्गालको खाडीसँग जोडिएको राज्यले यो आँधीप्रति मानिसलाई सचेत गराएको छ ।

यस अनुसार पश्चिम बङ्गालको २४ परगना जिल्लामा बक्खाली समुद्र तटमा सिभिल डिफेन्सको समूह तैनाथ छ र त्यहाँका मानिसलाई सचेत गराइएको छ । समूहले त्यहाँका जनता र पर्यटकलाई सतर्क हुन र समुद्र तटमा नजान अपिल गरेको छ ।

यो आँधी बङ्गालको खाडीबाट बङ्गलादेश र म्यानमारतर्फ बढिरहेको छ । यसमा सय किलोमिटरप्रति घण्टाको गतिले तीव्र हावा चल्ने र मुसल धारे वर्षा हुने सम्भावना जताइएको छ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको मोका चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको जानकारी दिएको छ । महाशाखाका अनुसार उक्त चक्रवात उत्तर–उत्तर – पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेख्य प्रभाव नरहने देखिन्छ । 

भारतीय मौसम विज्ञान विभागले यसका लागि पहिले नै चेतावनी जारी गरेको थियो । मिजोरम, त्रिपुरा र मणिपुरका मानिसलाई सतर्क हुन अपिल गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप