इजरायली सेनाद्वारा गाजा क्षेत्रका बासिन्दाको उद्धार
याङ्गुन । स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादीहरूको मङ्गलबारको लक्षित हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्तानानन्तरण गरिएको छ।
यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतङ्कवादी गुटहरूबाट जवाफी रकेट फायरको प्रत्याशामा "गस्ट अफ विन्ड" नामले चिनिने उक्त कदमबारे चनाखो हुँदै सचेत र सुरक्षित हुने योजनालाई अनुमोदन गरेका छन् । त्यसैगरी गाजा-क्षेत्रका बासिन्दाहरू आफ्नै पहलमा अस्थायी रूपमा देशका अन्य भागहरूमा सरेका छन्।
सुरक्षित स्थानानन्तरण कार्यक्रम स्थानीय अधिकारीहरूद्वारा सञ्चालित छ र गाजा सीमा नजिकका इलाकाका प्रत्येक बासिन्दालाई गेस्टहाउसहरूमा राज्यको सहयोगमा व्यवस्थापन गरिँदै गरेको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच शिक्षा मन्त्रालयले बुधबार ४५ किलोमिटर भित्रका समुदायमा विद्यालय सञ्चालन नगर्ने घोषणा गरेको छ । सो निर्णयबाट करिब ३ लाख विद्यार्थीहरूलाई असर पर्ने छ । होम फ्रन्ट कमाण्डको निर्देशन अनुसार गाजा पट्टी नजिकका यी क्षेत्रहरूमा सार्वजनिक जमघटहराम कडाइ गरिएको छ ।
खुला क्षेत्रमा १० व्यक्ति र भवनमा १०० जनासम्म सीमित हुनुपर्ने प्रावधान जारी गरिएको छ । सार्वजनिक आश्रय स्थलहरीहरू तेल अवीवका साथै गिवाताइम, रमत गान र अन्य नगरपालिकाहरूमा खोलिएका छन् ।- (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण