शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

भक्तपुर चुनदेवीस्थित सोफा कारखानामा आगलागी

आइतबार, ३१ वैशाख २०८०, २० : १४
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । भक्तपुर चुनदेवीस्थित सोफा कारखानामा आगलागी भएको छ । आइतबार साँझ सोफा कारखानामा आगलागीको भएको हो ।

भक्तपुरका एसपी प्रजित केसीका अनुसार क्षतिको विवरण आउन बाँकी छ । उक्त आगलागी नियन्त्रणमा ल्याउन काठमाडौँ उपत्यकाका ४ वटा दमकल परिचालन गरिएको एसपी केसीले रातोपाटीलाई जानकारी दिए ।

बाहिरी भागको आगो निमन्त्रणमा लिएको र भित्री भाग बाँकी रहेको उनले बताए । भित्री भागको आगो नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको उनले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । 

काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप