समाचार
भक्तपुर चुनदेवीस्थित सोफा कारखानामा आगलागी
आइतबार, ३१ वैशाख २०८०, २० : १४
काठमाडौँ । भक्तपुर चुनदेवीस्थित सोफा कारखानामा आगलागी भएको छ । आइतबार साँझ सोफा कारखानामा आगलागीको भएको हो ।
भक्तपुरका एसपी प्रजित केसीका अनुसार क्षतिको विवरण आउन बाँकी छ । उक्त आगलागी नियन्त्रणमा ल्याउन काठमाडौँ उपत्यकाका ४ वटा दमकल परिचालन गरिएको एसपी केसीले रातोपाटीलाई जानकारी दिए ।
बाहिरी भागको आगो निमन्त्रणमा लिएको र भित्री भाग बाँकी रहेको उनले बताए । भित्री भागको आगो नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको उनले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भने भएको छैन ।
काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण