अफगानिस्तानबाट ७७ पेस्तोल बरामद
गार्देज । अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा अफगान सुरक्षा बलले ७७ थान पेस्तोल बरामद गरेको छ ।
हातहतियार तस्करी नियन्त्रणका लागि चलाईएको अभियानमा ठूलो मात्रामा हतियार बनाउने सामानसहित अवैध ७७ थान पेस्तोल बरामद गरिएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कथित तस्करहरूले अवैध रूपमा हतियारहरू प्रदेशबाहिर सार्ने प्रयास गरिरहेका थिए, तर शनिबार राति डान्ड–ए–पाटन जिल्लामा नियमित जाँचको क्रममा प्रहरीले उनीहरूलाई रोकेको थियो ।
तस्करहरू भाग्न सफल भएको स्वीकार गर्दै विज्ञप्तिमा दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ । सुरक्षा फौजले छिमेकी खोस्त प्रान्तमा विगत केही दिनयता पाँच थान एके–४७ र पाँच थान पेस्तोलसहित एक दर्जनभन्दा बढी हतियार बरामद गरेको छ ।
अफगानिस्तानको कामचलाउ सरकारले सुरक्षा निकायभन्दा बाहिर बस्ने जोकोहीसँग पनि हातहतियार र गोलाबारुद संकलन गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिष्ठानले विगत १८ महिनामा ट्यांक र बख्तरबन्द सवारी साधनलगायत हलुका र भारी हतियारका हजारौं थान सङ्कलन गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण