म्यानचेस्टर सिटी उपाधिबाट एक जित टाढा
लण्डन । इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनमाथि ३—० गोलको सजिलो जित हात पारेको छ । जितसँगै म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ ।
म्यानचेस्टर सिटी अब प्रिमियर लिग उपाधिभन्दा केवल १ जित टाढा छ । यसअघि म्यानचेस्टर सिटीले ८ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साबिक विजेतासमेत रहेको म्यानचेस्टर सिटी ३५ खेलबाट ८५ अङ्क जोड्दै तालिकाको पहिलो स्थानमा छ ।
म्यानचेस्टर सिटीको निकटतम प्रतिद्वन्द्वी आर्सनलले भने ३६ खेलबाट ८१ अङ्क बटुलेको छ । हारसँगै एभर्टन भने रेलिगेसनको खतरामा परेको छ । यद्यपि, अहिले एभर्टन रेलिगेसन क्षेत्रभन्दा बाहिर छ । एभर्टन ३६ खेलबाट ३२ अङ्क जोड्दै तालिकाको १७औँ स्थानमा आसीन छ ।
एभर्टनविरुद्धको खेलमा म्यानचेस्टर सिटीका लागि इल्की गुन्डोगानले २ गोलको योगदान गरे । ३२ वर्षीय जमर्न खेलाडी गुन्डोगानले खेलको दुवै हाफमा १/१ गोल गरेका थिए । उनले खेल सुरु भएको ३७औँ मिनेटमा टोलीका लागि पहिलो गोल गरे ।
निर्धारित समयको ३९औँ मिनेटमा २२ वर्षीय नर्वेजियन खेलाडी अर्लिङ हल्यान्डले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि निर्धारित समयको ५१औँ मिनेटमा गुन्डोगनले व्यक्तिगत रूपमा दोस्रो गोल थप्दै म्यानचेस्टर सिटीलाई सजिलो जित दिलाए ।
प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको म्यानचेस्टर सिटीले सन् २०२१ देखि लगातार उपाधि चुम्दै आएको छ । त्यसैले म्यानचेस्टर सिटी यतिबेला लगातार तेस्रो प्रिमियर लिग उपाधि जित्न आतुर देखिएको छ ।
म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो अर्को खेल आगामी आइतबार चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ । त्यसअघि म्यानचेस्टर सिटीले आगामी बुधबार घरेलु मैदानमा स्पेनिस क्लब रियल मड्रिडसँग च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग खेल खेल्नेछ । सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण