जनमोर्चाको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान' आजबाट
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजबाट सुरु गर्दैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १– १५ गतेसम्म सम्म सञ्चालन हुने सो अभियानको आज दुई स्थानमा उद्घाटन हुँदैछ ।
जसअनुसार कञ्चनपुरको महेन्द्रनगर तथा बागलुङमा सो अभियानको अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको स्वयं महासचिव भट्टले नेतृत्व गर्नेछन् भने बाग्लुङबाट सुरु हुने अर्को अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन् ।
यसैगरी, बाग्लुङबाट सुरु हुने अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरी कार्यक्रम तय गरिएको उनले जानकारी दिएका छन् ।
अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतराका देखिएको भन्दै जेठ १ वाट जनजागरण अभियान सञ्चालन गर्न लागेको महासचिव भट्टले जानकारी दिए । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष रहँदै आएको छ ।
सो अभियानका क्रममा देशैभरि सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तर्क्रियाका कार्यक्रम हुनेछन् । जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा विशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण