जनमोर्चाको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान' आजबाट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजबाट सुरु गर्दैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १– १५ गतेसम्म सम्म सञ्चालन हुने सो अभियानको आज दुई स्थानमा उद्घाटन हुँदैछ ।
जसअनुसार कञ्चनपुरको महेन्द्रनगर तथा बागलुङमा सो अभियानको अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको स्वयं महासचिव भट्टले नेतृत्व गर्नेछन् भने बाग्लुङबाट सुरु हुने अर्को अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन् ।
यसैगरी, बाग्लुङबाट सुरु हुने अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरी कार्यक्रम तय गरिएको उनले जानकारी दिएका छन् ।
अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतराका देखिएको भन्दै जेठ १ वाट जनजागरण अभियान सञ्चालन गर्न लागेको महासचिव भट्टले जानकारी दिए । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष रहँदै आएको छ ।
सो अभियानका क्रममा देशैभरि सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तर्क्रियाका कार्यक्रम हुनेछन् । जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा विशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा
-
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनीको हत्या
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता
-
प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल