ग्रिनल्यान्ड र भ्याली पब्लिकबीच उपाधि भिडन्त
काठमाडौँ । ग्रिनल्यान्ड र भ्याली पब्लिक स्कुल राजधानीमा जारी ‘छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता’ को सिनियर छात्रतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई २१–६ अंक र भ्याली पब्लिकले एचएचसीएलाई ११–५ अंकले पराजित गरे ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भइरहेको उक्त प्रतियोगिताको सिनियर छात्रातर्फ भने भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरेका छन् । भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०–१४ अंकले पराजित गर्यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंकको योगदान गरिन् । बबिता घिमिरेको १३ अंकको सहयोगमा पृथ्वीले एचएचसीएलाई २४–१७ ले हरायो ।
एन्जल्स हार्ट र गोल्डेनपिक भने जुनियर छात्रतर्फको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बीएनएलाई २१–१४ अंकले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर गरे । स्किब्सविरुद्धको खेलमा गोल्डेनपिक २३–१५ अंकले विजयी भयो । गोल्डेनपिकका अमन गुरुङले ९ अंक जोडे । तीनवटै स्पर्धाको फाइनल खेल मंगलबार हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण