दक्षिण एसियाली युथ टेबलटेनिसमा नेपाललाई स्वर्ण
काठमाडौँ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण पदक जितेको छ । नेपालले यू–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण पदक जितेको जानकारी नेपाली टोलीका प्रशिक्षक सञ्जय अर्यालले दिए । भारतको अरुणाञ्चल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण पदक जितेको हो । उक्त स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
नेपालले बंगलादेशलाई ३–० र माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलंकासँग भने नेपाली टोली ३–१ ले पराजित भएको थियो । नेपालबाट उक्त प्रतियोगितामा सुजल गडाल, विश्व बानिया, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए । अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले युथको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण