शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै

मङ्गलबार, ०२ जेठ २०८०, ०६ : १६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् ।

जसअनुसार सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ ।

गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन । अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन । 

ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।

समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रूपमा परिचय आदान प्रदान हुने र समितिमा आगामी दिनमा हुने छलफल र एजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप