आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् ।
जसअनुसार सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ ।
गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन । अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन ।
ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।
समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रूपमा परिचय आदान प्रदान हुने र समितिमा आगामी दिनमा हुने छलफल र एजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण