प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो ।
प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिए । ‘उहाँ एक्कासि शौचालयमा लड्नुभयो । उपचार गराएर ल्याइसकेका छौँ । अहिले परिसरमै बयान दिइरहनुभएको छ,’ उनले भने ।
यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता