प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो ।
प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिए । ‘उहाँ एक्कासि शौचालयमा लड्नुभयो । उपचार गराएर ल्याइसकेका छौँ । अहिले परिसरमै बयान दिइरहनुभएको छ,’ उनले भने ।
यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण