आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छाैँ : कांग्रेस प्रवक्ता
मङ्गलबार, ०२ जेठ २०८०, १४ : ०९
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रीय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन् ।
मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको पनि बताए ।
अर्थमन्त्रीसमेत रहेका महतले सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस्, निर्दोष नफसुन्’ भन्नेमा कांग्रेस दृढ रहेको पनि प्रष्ट पारेका छन् ।
‘आरजु राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यसको सत्य तथ्य अझै बाहिर आएको छैन, यो आउनु पर्छ भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण