नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न मिल्दैन : प्रवक्ता शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न नमिल्ने स्पष्ट पारेकी छन् । सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषय अलग भएको बताइन् ।
नागरिकता विधेयकको विषय संवेदनशील भएकाले छिटो कार्यान्वयनमा लिएर नागरिकका समस्या समाधान गरिनुपर्ने शर्माले बताइन् ।
‘नागरिकता प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न मिल्दैन । नागरिकता विधेयक हाम्रो विषय हो । यो नेपाली जनतासँग जोडिन्छ । नागरिकताको विषय यसअघि गृहमन्त्रीज्यूसँग पटकपटक उठाएका छौं । संसदमा माननीयज्यू र आम नागरिकले उठाएका छन्’, शर्माले भनिन्, ‘नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमण वा अन्य विषयसँग जोडेर हेर्न मिल्दैन । यो औचित्य र आवश्यकता समेत छैन ।’ नागरिकता विधेयक संसदले पारित गरी सकेकोले राष्ट्रपतिबाट तत्काल प्रमाणीकरण भए नागरिकका समस्या हल हुने शर्माले बताइन् ।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कानुनी सुझाव लिने, राय लिने उहाँको अधिकार क्षेत्रभित्रको कुरा भयो । यसलाई अन्यथा लिन हुँदैन’, शर्माले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण