नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न मिल्दैन : प्रवक्ता शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न नमिल्ने स्पष्ट पारेकी छन् । सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले नागरिकता विधेयक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषय अलग भएको बताइन् ।
नागरिकता विधेयकको विषय संवेदनशील भएकाले छिटो कार्यान्वयनमा लिएर नागरिकका समस्या समाधान गरिनुपर्ने शर्माले बताइन् ।
‘नागरिकता प्रकरणलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न मिल्दैन । नागरिकता विधेयक हाम्रो विषय हो । यो नेपाली जनतासँग जोडिन्छ । नागरिकताको विषय यसअघि गृहमन्त्रीज्यूसँग पटकपटक उठाएका छौं । संसदमा माननीयज्यू र आम नागरिकले उठाएका छन्’, शर्माले भनिन्, ‘नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमण वा अन्य विषयसँग जोडेर हेर्न मिल्दैन । यो औचित्य र आवश्यकता समेत छैन ।’ नागरिकता विधेयक संसदले पारित गरी सकेकोले राष्ट्रपतिबाट तत्काल प्रमाणीकरण भए नागरिकका समस्या हल हुने शर्माले बताइन् ।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कानुनी सुझाव लिने, राय लिने उहाँको अधिकार क्षेत्रभित्रको कुरा भयो । यसलाई अन्यथा लिन हुँदैन’, शर्माले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो