कार्यालय खोलेर भुटानी शरणार्थीको फाराम भराउँथे आङटावा
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी शरणार्थीको फाराम भराएको पाइएको छ। उनले ललितपुरको एउटा घरमा कार्यालय नै खोलेर अमेरिका पठाउने भन्दै नेपाली नागरिकलाई भुटानी शरणार्थीको फाराम भराएको भिडियो नै यतिबेला सार्वजनिक भएको हो।
सोमबार साँझ प्रहरी कार्यालय पुगेका शेर्पालाई प्रहरीले तत्कालै छाड्ने तयारी गरेको थियो। तर उनले कार्यालय खोलेर नक्कली भुटानी शरणार्थी बनाउँदै फाराम भराएका तीनवटा भिडियो प्रहरीले फेला पारेपछि भने अनुसन्धान सुरु गरेको छ। ‘शेर्पाले एक वर्षअघि आफूनजिक रहेका र केही व्यक्तिलाई कार्यालय नै खोलेर फाराम भराएको भन्ने भिडियो प्राप्त भएको छ, त्यसबारे अनुसन्धान हुँदै छ,’जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने।
स्रोतका अनुसार शेर्पाले उनका आफन्त डेजोन शेर्पाले समेत पैसा उठाएको दाबी गरिएको छ। उनले सुरुमा ६ लाख, २० लाख र २४ लाखका दरले पैसा उठाएका थिए। उनीसँग संलग्न गौतम थरका एक व्यक्तिलाई पनि प्रहरीले खोजी गरिरहेको छ। यो समाचार नागरिक दैनिकमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण