न्याम्सको निमित्त उपकुलपतिमा प्रा.डा.बस्नेत नियुक्त
बुधबार, ०३ जेठ २०८०, १६ : २५
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिमा प्रा.डा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरिय निर्णयबाट न्याम्सको निमित्त उपकुलपति प्रा.डा. बस्नेतलाई नियुक्त गरेका हुन् ।
वीर अस्पतालका निर्देशक डा. बस्नेतलाई (न्याम्सको निमित्त उपकुलपतिमा नियुक्त गरिएको मन्त्रीका प्रेस सल्लाह रामचन्द्र दुलालले जानकारी दिए ।
यस्तै, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर नियुक्त भएका छन् । यसअघि ठाकुर स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए ।
वीर अस्पतालका छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा नियुक्त भएका छन् । लामो समयदेखि क्षयरोग केन्द्र निर्देशक विहीन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण