‘स्वार्थसमूह’को रुचिमा अर्थ र कानुन मन्त्रालयमै रोकियो संघीय निजामती सेवा विधेयक
काठमाडौं । कर्मचारी वृत्तभित्रै विभिन्न स्वार्थ समूहको चलखेल हुँदा निजामती प्रशासन हाँक्ने कानुनको रूपमा रहेको संघीय निजामती सेवा विधेयक अलपत्र अवस्थामा छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकलाई परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको साढे दुई महिना बितिसक्दा समेत सो विधेयक त्यतै हराएको छ ।
अर्थ र कानुन मन्त्रालयले विधेयलाई त्यसै थन्काउँदा सो विधेयक अलपत्र परेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयक प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा पेस गर्ने तयारी गरिएको बताएको थियो । तर, मन्त्रालयको सो तयारी समेत अवरुद्ध बनेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उपसचिवले भने कर्मचारीभित्रै रहेका विभिन्न स्वार्थ समूहको रुचिका कारण विधेयक अघि बढ्न नसकेको बताए ।
प्रधानमन्त्री कार्यालयका ती उपसचिवले भने –‘बहालावाला कर्मचारीसँग छलफल र संवाद गर्नुको खासै अर्थ छैन, विधेयकमा गर्नुपर्ने व्यवस्थाका बारेमा स्वतन्त्र विज्ञ र प्रशासकहरूलाई जिम्मेवारी दिनुपर्छ ।’ कर्मचारीहरू बीचमा छलफल हुँदा धेरैको धेरै प्रकारको रुचि हुने र रुचि बाझिन पुग्दा विधेयक अघि बढ्न नसकेको ती उपसचिवको दाबी छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण