प्रचण्डलाई प्रश्न : नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनुभयो ?
काठमाडौँ । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणसहित विभिन्न विषयमा प्रश्न सोधेका छन् । बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो ? भन्दै प्रश्न गरे ।
उनले नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सरकारी कागजात कीर्ते, सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचारको करौडौँ रुपैया ओसार पसार, ठगी लगायत काण्ड मच्चाएका आरोपीहरुलाई के कस्तो कानुनी कारबाही हुन्छ भन्दै प्रश्न समेत गरे । यस्तै उनले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु उन्मुक्ति दिने खतरा रहेको समेत औँल्याए ।
सुवालको प्रश्न यस्तो छ–
प्रधानमन्त्रीजीले नेपाललाई स्विजरल्यान्ड र सिंगापुर जस्तै बनाउने भन्नुहुन्थ्यो । ती दुबै देश कस्ता थिए ? अहिले नेपाललाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने देश किन बनाउने भयो ? नक्कली भुटानी शरणार्थी बनाउने नाममा राज्यविरुद्धको कसुर, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सरकारी कागजात कीर्ते, सार्वजनिक सम्पत्ति दुरुपयोग, सरकारी गाडीमा भ्रष्टाचारको करौडौँ रुपैया ओसार पसार, ठगी लगायत काण्ड मच्चाएका आरोपीहरुलाई के कस्तो कानुनी कारबाही हुने हो ? यहाँले त्यो केही अनुमान गर्नुभएको छ ?
यसमा प्रधानमन्त्री भएकाहरु सबै जिम्मेवार हुनु पर्दैन र ? यतिबला तीन दलबीच सहमति पनि भयो समिति भागबण्डा लगायतमा । यो नक्कली भुटानी शरणार्थी काण्डका आरोपीहरुलाई उन्मुक्ति दिने तयारी त होइन ? महान्यायाधिवक्ता कार्यालयले ललितनानिवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मुद्दालाई दर्तै गर्न लगाएन । के यो नक्कली भुटानी शरणार्थीको मुद्दा पनि महान्यायाधिवक्ताको कार्यालयले फलाना फलानालाई छाडिदिनु, फलानाफलानालाई मुद्दा दिनु भनेर आदेश दिने हो कि ? मुद्दै नलाग्ने हो कि ? महान्यायाधिवक्तालाई प्रधानमन्त्रीबाट यस्तो आदेश जाने हो कि ? सँगसँगै ख्वाप विश्वविद्यालय विधेयक पारित नभइ ज्ञानमा आधारित अर्थतन्त्र कसरी हुन्छ ?
जवाफमा प्रचण्डले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने संगठित अपराधमा संलग्नमाथि कडा कारबाही हुने बताए । सरकारले यो प्रकरणमा कसैप्रति पनि आग्रह पूर्वाग्रह नराख्ने प्रचण्डको भनाइ थियो यो मुद्दा कुनै पार्टी, नेता वा सरकार विशेषको मात्रै नभइ यो विषय राष्ट्रिय तथा अन्तर्राष्ट्यि विषय भइसकेको प्रचण्डले बताए । उनले ख्वप विश्वविद्यालय बनाउन सरकार लागिपरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण