आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत

बिहीबार, ०४ जेठ २०८०, १७ : ५४
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको बिस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऊर्जामा सबैको सहभागिताको सुनिश्चितता र ऊर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे । उनले विद्युतीय सामग्रीहरूको प्रयोगले  वातावरण स्वच्छ हुने बताए । उनले विद्युतीय सवारीसाधनको विस्तारका लागि चार्जिङ स्टेसन वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेसन वृद्धि गर्ने कुरामा प्रतिबद्ध रहेको बताए ।

‘वातावरणीय स्वच्छताको दृष्टिले होस्, यसलाई विस्तार गर्नु, व्यापक बनाउनु यो सरकारको प्राथमिकतामा छ, यातायातको क्षेत्रमा विद्युतीय यातायातको साधनहरूलाई प्राथमिकतामा राखिएको छ । यसका लागि देशभर चार्जिङ स्टेसन वृद्धि गर्न आवश्यक छ । यसलाई विस्तार गर्ने विद्युतीय यातायात बिस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा छ’ उनले भने, ‘काठमाडौँ उपत्यका लगायतका मुख्य सहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा चर्चामा छौँ, यसलाई सञ्चालनमा ल्याउने कुरामा सरकार प्राथमिकताका साथ सोचिरहेको छ ।’ 

मन्त्री बस्नेतले काठमाडौँ उपत्यका लगायतका मुख्य सहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरिरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप