रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिता फाइनल
काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् । निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्मका लागि अनमोल र जसिता फाइनल भएको जनाएका छन् । यो जोडी यस अगाडि भुवन केसीको निर्माण रहने फिल्म ‘एन्टी हिरो’ मा देखिने चर्चा थियो । फिल्म निर्माणको काम भने अगाडि बढ्न सकेन ।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘फर्की फर्की’ सुयोग गुरुङले निर्देशन गर्दैछन् । सुयोगले यसअगाडि फिल्म ‘सानो मन’ निर्देशन गरेका थिए । फिल्मको छायांकन जेठको अन्तिमबाट सुरु गर्ने तयारी रोहितको छ । तर, यदि पानीले दुःख दिएको खण्डमा भदौमा फिल्मको छायांकन पुग्नेछ । फिल्मको छायांकन नेपालकै बिभिन्न स्थानमा हुनेछ ।
रोहित लभ स्टोरी कथामा खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर नयाँ फिल्म ‘बरिष्ठ बलराम’ निर्माणको तयारीमा पनि छन् । रोहितको यो बर्ष तीन फिल्म निर्माण गर्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण