नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन् । शनिवार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए ।
उनले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रुपमा समर्थन गर्ने उल्लेख गरे । ‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ, त्यसमा पनि केही जनपक्षीय कार्यक्रमहरु प्रस्तुत गरेका छौँ’ उनले भने, ‘जनतालाई सम्बोधन हुने खालका नीतिहरु हामीले सम्बोधन गरेका छौँ । यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ ।’
उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए । उनले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको बताए । उनले भने, ‘यसको ग्राउण्ड भनेको गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रम हो । नीति कार्यक्रमलाई केन्द्रित बनाएर बजेट ल्याउने तयारीमा छौँ ।’
‘बजेटले पछिल्ला समस्यालाई समाधान गर्नेगरी आर्थिक समस्या, अन्य समस्याहरुलाई समाधान गर्नेगरी अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्ने र भ्रष्टाचारका काण्डहरु आएका छन्’ मन्त्री ज्वालाले भने, ‘त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ ।’ मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण