प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने दुवै देशको सहमतिमा चाँडै नै मिति तय हुने बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु भएको छ । विभिन्न सरोकारवाला तथा विज्ञहरूसँग छलफल पनि सुरु भएको छ, चाँडै नै दुवै देशको सहमतिमा मिति तय हुनेछ।’
परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । उनीहरूलाई मन्त्रालयमा नै बोलाएर बिहीबार र शुक्रबार मन्त्री साउदले छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि भारत भ्रमणको तयारी थालिसकेको छ । विभिन्न मन्त्रालयका एजेन्डाहरू मगाएर त्यसमा छलफल गरिएको छ ।
भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइनलगयातको विषयमा सहमति गर्ने तयारी छ । ती एजेन्डामा प्रधानमन्त्री कार्यालयले सम्बन्धित विज्ञहरूसँग छलफल सुरु गरेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा सुरु भएको थियो । तर नेपालमा राजनीतिक स्थिरता हुन नसकेको कारण भारत भ्रमण ६ महिना ढिलो भएको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति अगामी हप्ता घोषणा हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण