आइतवार संसदमा प्रारम्भमै विचारहरु प्रस्तुत गर्नेछु : अध्यक्ष ओली
शनिबार, ०६ जेठ २०८०, १६ : २८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातमै आफ्ना विचारहरु राख्ने बताएका छन् । शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेबारे सांसदहरुलाई जानकारी गराएका हुन् ।
उनले भने– ‘मैले भोलि केही कुराहरु राख्नेछु । ११ बजे छलफल सुरु हुन्छ प्रारम्भमै मैले हाम्रो संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेछु । त्यसमा अलि समग्र कुराहरु अलि बढी राजनीतिक कोणबाट पनि आउनेनै छन् ।’
उनले हिजो राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आएको बताउँदै यो पञ्चवर्षीय योजनाका रुपमा आउनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारले दिगो विकासको गन्तब्यमध्ये यो वर्ष के–के काम गर्ने यो वर्षको नीति तथा कार्यक्रममा आउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण