११ बुँदे सहमतिपछि सांसद गौतमको अनसन स्थगित
शनिबार, ०६ जेठ २०८०, १७ : २१

बर्दिया । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आफ्नो अनसन तोडेका छन् । ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर गत वैशाख ३० गतेबाट बर्दिया जिल्ला स्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि गौतमले अनसन सुरु गरेका थिए ।
अनसन तोडाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नै बर्दिया पुगेका थिए । दुई पक्षबीच बारबर्दिया नगरपालि वडा नं. ११ स्थित अनसनरत स्थलमा वार्ता भई ११ बुँदे सहमति भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिकमतबहादुर बोहराका अनुसार सहमतिपछि दिउँसो ३:३० बजेबाट गौतम अनसन स्थगन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता