केही अवसरवादीहरूले खुट्टा उचालेका छन् : मेटमणि चौधरी
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले हरेक कठिनाइमा सतिसाल बनेर उभिन जरुरी रहेको बताएका छन् । ‘क्रान्ति गर्दा अप्ठ्यारो हुन्छ । दुःख हुन्छ । अवसरवादीहरूले खुट्टा कमाउँछन् तर नेत्रलालले भन्नुभए जस्तै एउटा क्रान्तिकारीले मात्र आँधी र हुरीसँग पौठेजोरी खेल्दै ठिङ्ग उभिन सक्छ । जटिल परिस्थितिको सामना गर्न सक्छ ।’ एकीकृत समाजवादी दाङले शनिवार आयोजना गरेको नेत्रलाल अभागी स्मृति दिवसका अवसरमा पूर्व मन्त्री समेत रहेका चौधरीले सुनाए ।
दङाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता नेत्रलाल पौडेल ‘अभागी’को ४० औँ स्मृति कै अवसर पारेर एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, जिल्ला अध्यक्ष, सचिव लगायत केही नेता एमाले फर्किएका छन् ।
‘पार्टी निर्माण गर्ने बेला, पार्टीलाई बलियो बनाउने बेला केही अवसरवादीहरूले खुट्टा उचालेका छन् । हिजो एमाले बन्दैन भनेर कुर्लिनेहरू आज किन उतै लागे ? उनीहरूलाई कार्यकर्ताले प्रश्न गरिरहने छन् । र प्रश्नको जवाफ दिन नसकेर उनीहरू भाग्नु पर्ने छ ।’ एमालेमै फर्किएका नेताहरूलाई लक्षित गर्दै चौधरीले आश्चर्य व्यक्त समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण