सिडेनमा ४ जनाको उम्मेदवारी दर्ता : देउवा पक्षबाट चेतनाथ, शेखर र गगनका छुट्टाछुट्टै उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को सातौं अधिवेशनका लागि उम्मेदवारी दर्ता भएको छ । आगामी जेठ १३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको हो । सिडेनको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ। इन्जिनियर चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् भने गोपाल प्रसाद निउरेले एकल उम्मेदवारी दिएका छन् ।
सिडेनमा पनि माउ पार्टी कांग्रेसको गुटगत लडाइ देखिएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार हुन् भने नेता शेखर कोइराला र महामन्त्री गगन थापाका पनि छुट्टाछुट्टै उम्मेदवार छन् । केसी नेता कोइराला पक्षीय मानिन्छ भने दवाडी महामन्त्री थापाका उम्मेदवार हुन् । यस्तै पाण्डे प्यानलबाट उपाध्यक्षमा कौशल केसी र महासचिवमा हुकुमबहादुर बुढाको उम्मेदवारी परेको छ ।
केसी समूहबाट उपाध्यक्षमा उमेश धिताल र महासचिवमा थमन खड्का उम्मेदवार बनेका छन् । यता दवाडीको प्यानलको उपाध्यक्षमा सुमन थापा र महासचिवमा मेली शाहले उम्मेदवारी दिएका छन् ।
सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र २० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । यस्तै सातै प्रदेशमा पाँच पदाधिकारीसहित १५ जनाको कार्यसमिति चयन हुन्छ । सिडेनमा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण