शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिडेनमा ४ जनाको उम्मेदवारी दर्ता : देउवा पक्षबाट चेतनाथ, शेखर र गगनका छुट्टाछुट्टै उम्मेदवार

शनिबार, ०६ जेठ २०८०, २० : ३९
शनिबार, ०६ जेठ २०८०

काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को सातौं अधिवेशनका लागि उम्मेदवारी दर्ता भएको छ ।  आगामी जेठ १३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको हो । सिडेनको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ।  इन्जिनियर चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् भने गोपाल प्रसाद निउरेले एकल उम्मेदवारी दिएका छन् ।

सिडेनमा पनि माउ पार्टी कांग्रेसको गुटगत लडाइ देखिएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार हुन् भने नेता शेखर कोइराला र महामन्त्री गगन थापाका पनि छुट्टाछुट्टै उम्मेदवार छन् । केसी नेता कोइराला पक्षीय मानिन्छ भने दवाडी महामन्त्री थापाका उम्मेदवार हुन् । यस्तै पाण्डे प्यानलबाट उपाध्यक्षमा कौशल केसी र महासचिवमा हुकुमबहादुर बुढाको उम्मेदवारी परेको छ ।

केसी समूहबाट उपाध्यक्षमा उमेश धिताल र महासचिवमा थमन खड्का उम्मेदवार बनेका छन् । यता दवाडीको प्यानलको उपाध्यक्षमा सुमन थापा र महासचिवमा मेली शाहले उम्मेदवारी दिएका छन् ।

सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र २० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । यस्तै सातै प्रदेशमा पाँच पदाधिकारीसहित १५ जनाको कार्यसमिति चयन हुन्छ । सिडेनमा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।

111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप