'जनतामा सही विचारको बिजारोपण गर्न मेचीकाली अभियान'
सुर्खेत । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिएका छन् । जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उgले सो कुरा बताएका हुन् ।
“हामीले जेठ १–१५ गतेसम्म देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौँ”, महासचिव भट्टले भने, “सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ ।”
सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागत योग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकीन नभएको उनको भनाइ थियो ।
महासचिव भट्टले देशमा राजनीतिक स्थायीत्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवं भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरुक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण